कैदीहरुलाई उपसभामुखद्वारा भान्छाको सामान प्रदान

कैदीहरुलाई उपसभामुखद्वारा भान्छाको सामान प्रदान

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले धुलिखेल कारागारका कैदीलाई भान्छाका सामान, फलफूल र औषधि प्रदान गर्नुभएको छ ।

उहाँले आज बिहान साढे ११ बजे धुलिखेल कारागार पुगेर दुई थान चुल्हो, पाँच थान राइसकुकर हस्तान्तरण गर्नुभएको बताइएको छ ।

उपसभामुख रानामनगरले कैदीहरुलाई १० केजी फलफूल र केही अत्यावश्यक औषधि पनि प्रदान गर्नुभएको छ । ती सामान हस्तान्तरण गरेपछि उहाँ १ बजेको समयमा कारागारबाट फर्कनुभएको हो ।

टिप्पणीहरू