सलमान खानको घरमा गोली प्रहार

सलमान खानको घरमा गोली प्रहार
सुन्नुहोस्

बलिउड अभिनेता सलमान खानलाई लक्षित गरेर गोली प्रहार भएको छ । आज बिहान करिब ५ बजे बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली प्रहार भएको हो । 

मुम्बई प्रहरीले सिसिटिभी फूटेजको आधारमा दुईवटा मोटरसाइलमा आएका चारजना अज्ञान व्यक्तिहरुले गोली प्रहार गरी भागेको बताएको छ । यद्यपि, सलमानलाई भने केही भएको छैन ।

ती अज्ञात व्यक्तिहरुले सलमान बसिरहेको कोठालाई टार्गेट गरेर गोली चलाएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । घटनालगत्तै सलमानको अपार्टमेन्टमा पुगेको प्रहरीले बाहिर तीन र बाल्कोनीमा एक गोली भेटाएको जनाइएको छ । 

यो घटना लरेन्स बिश्नोईको समूहले घटाएको हुनसक्ने भारतीय प्रहरीको अनुमान छ । यस समूहले यसअघि पनि सलमानलाई इमेल, मेसेज र फोनमार्फत बारम्बार ज्यान मार्ने धम्की दिँदै आएको थियो । 

आजको घटनापछि सलमानको सुरक्षा बढाइएको छ । यसअघि महाराष्ट्र प्रहरीले उपलब्ध गराएको केही जवान परिवर्तन गरेर मुम्बई प्रहरीले 'वाई प्लस' वर्गको सुरक्षा दिएको सञ्चार माध्यमहरुले जनाएका छन् । अब दुई कमाण्डो र दुई पिएसओसहित ११ जना सुरक्षाकर्मीले २४ सै घण्टा सलमानलाई सुरक्षा दिनेछन् ।

टिप्पणीहरू