प्रेम राईलाई समेत प्रलोभन

प्रेम राईलाई समेत प्रलोभन
सुन्नुहोस्

पूर्व र वर्तमान प्रधानमन्त्रीका पारिवारिक महिला सदस्यलाई प्रभावमा पारेर आफ्नो जागिर जोगाउँदै आएका एक जना धुन्धुकारीले हुँदाहुँदा अख्तियार प्रमुखलाई समेत प्रलोभनमा पार्ने प्रयास गरेको र बदलामा नमीठो गाली खाएको खबर छ ।

ती पात्र हुन्, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी । भैरहवा र पोखरा विमानस्थल निर्माणका क्रममा भएका घोटाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनगिन्ती सन्दर्भहरु अहिले अख्तियारमा विचाराधीन छन् । यही मेसोमा एक ठाउँमा अख्तियार प्रमुख प्रेम राईसँग भेट हुँदा उनले भन्न भ्याए, ‘हजुरलाई केही पर्दा म छु नि, धन्दा नमानिस्योस्...!’ उनले त्यसो भन्दा छेउमै बसिरहेका एक जना व्यक्तिले देखेको दृश्य कस्तो थियो भने, प्रेम राई अकस्मात् रातो–पिरो भएर जंगिन थाले – ‘मलाई सहयोग गर्छु भन्ने को हो तपाईं ? मलाई कुनै सहयोग चाहिएको छैन । आइन्दा यस्ता कुरा गरेर हिँड्नुभयो भने...’ त्यसपछि प्रदीपको अनुहार रातोपिरो भयो । 

अख्तियार प्रमुखलाई राम्रैसँग थाहा छ नेपाल सरकारको एउटा सामान्य टाइपिष्ट जागिरबाट सेवा शुरु गरेर प्रदीपले भैंसेपाटीमा कुन स्रोतबाट श्रीमतीका नाममा आलिसान महल खडा गरेका छन् ।
 

टिप्पणीहरू