छोरा पाएपछि मात्रै स्वर्गको ढोका खोलिने हो ?
स्थान- लमजुङको एउटा गाउँ । समय- बिहानको करिब १० बजे । मौसम- प्रचण्ड गर्मी ।
स्थानीयको भीडले घेरिएकी थिइन्, सतिदेवी अधिकारी । औसत उचाइ, गोरो छाला,सुन्दर अनुहार भएकी उनलाई केही स्थानीयले जुत्ताको माला लगाइदिने सुरसार गर्दै थिए । यत्तिकैमा भीडबाटै आवाज आयो- ‘यति राम्री केटीलाई किन जुत्ताको माला लगाइदिन लागेका होलान्, कठै नि !’
तर,यो वास्तविक थिएन,चलचित्र ‘सतिदेवी’को सुटिङको एउटा दृश्य थियो । निर्माण टीमले उक्त दृश्यलाई भीडसहित कैद गर्न चाह…