कांग्रेसको सत्ता सपना र अरुको छटपटी
एमाले अध्यक्ष केपी ओली आफ्नो पार्टीबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिने कार्यक्रममा कांग्रेस र छिमेकीप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए । कारण थियो– ‘बडो मिहिनेतसाथ बनाइएको गठबन्धन भत्काउन कांग्रेसले थालेको कसरत ।’
ओलीले भने– ‘कांग्रेस सभापति शेरबहादुर देउवाजीले वी विल कमब्याक भन्नुभएको छ । बट दे डिडन्ट टक ह्वेन दे कमव्याक । उहाँहरूले पुस २६ गते सरकार ढाल्छौं, आउँछौं भन्नुभएको हो ।’ कांग्रेसहरू यस्तो खुद्रा खे…