नागरिकता

काठमाडौं सिडिओ कार्यालयमा रविको नागरिकतावारे तानातान

नेपाली नागरिकता कायम गरिपाउँ भनी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका रवि लामिछाने र काठमाडौंका सिडिओ घनश्याम उपाध्याय आफ्नो अडानमै छन् । साढे १२ बजे समर्थकसहित त्यहाँ पुगेका रविले सिडिओ उपाध्यायलाई तत्काल नागरिकता उपलब्ध गराउन दबाब दिएपछि कार्यालयभित्रको अवस्था तनावपूर्ण भएको त्यहाँका कर्मचारीले बताएका छन् ।  ‘लामिछानेजीले निवेदन दिनासाथ नागरिकता पाइहाल्नुपर्ने अडान लिएका छन् । सिडिओ साबले विवादित विषय भएकाले गृह प्रशासन, प्रधानमन्त्री कार्यालय र कानुन म…