कर्ण थापा

पेज नम्बर ३२ सम्झाउँदै अध्यक्ष ओलीलाई च्यासलबाटै चुनौती

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीका शीर्ष नेताहरुलाई विधानको ३२ नम्बर पेज स्मरण गराउँदै अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् ।  पोलिटब्युरो बैठकको लागि च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका उनले हिजोको सचिवालय बैठकको निर्णयबारे सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दुई-चार जनाको निर्णयलाई जबज (जनताको बहुदलीय जनवाद)ले स्वीकार नगर्ने स्पष्ट पारे ।  पार्टीको सातौँ महाधिवेशनमा भद्रगोल देखिएपछि आठौँ महाधिवे…