सडक छेउको पेट्रोल पम्प हटाइयो

सडक छेउको पेट्रोल पम्प हटाइयो

कास्कीको पोखरा महानगरपालिकाले सडक क्षेत्रमा सञ्चालित पेट्रोल पम्प हटाएको छ । महानगरपालिका–२, हरिचोकस्थित सडकको 'राइट अफ वे'मा सञ्चालित लान्द्रक पेट्रोल पम्प हटाइएको हो । 

महानगरका अनुसार मध्यपहाडी लोकमार्ग विस्तारको काम भइरहेको उक्त स्थानमा सडकको राइट अफ वेको क्षेत्र लामो समयदेखि अतिक्रमण गरी पेट्रोल पम्प सञ्चालन हुदैँ आएको थियो । 

उक्त पेट्रोल पम्प हटाउन नगर प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको अनुगमन टोलीले केही समयअघि निर्देशन समेत दिएको थियो । 

तर, अटेरी गरेपश्चात् महानगरीय प्रहरी बल प्रमुख पुरुषोत्तम थापाको कमाण्डमा खटिएको टोलीले आज सो पेट्रोल पम्पको वितरण केन्द्र र आसपासको अतिक्रमण हटाएको जनाएको छ ।

टिप्पणीहरू