शव बर्दिया लगियो, आक्रोशितहरु थली जाँदै

शव बर्दिया लगियो, आक्रोशितहरु थली जाँदै

चैत २७ गतेको प्रदर्शनमा सख्त घाइते पश्चात् उपचारको क्रममा निधन भएका राप्रपाका स्थानीय नेताको शव बर्दिया लगिएको छ । आज दिउँसो पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रमपछि ठाकुर प्रसाद डाँगीगीको शव भे.१ च ३०८२ नम्बरको एम्बुलेन्समा राखेर बर्दिया लगिएको छ ।

राजा र हिन्दुराष्ट्र फर्काउन राप्रपाले काठमाडौँमा आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएका उनको आज बिहान मृत्यु भएको हो । प्रदर्शनमा प्रहरीको अश्रुग्यास लागेर घाइते भएका राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरको उपचारका क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।

गृह प्रशासनको लापरवाहीले डाँगीको ज्यान गएको बताउँदै राप्रपाका कार्यकर्ताले आज साँझ काठमाडौँको थली चोकमा ‘वार पार’ को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू