महालक्ष्मी बैंकको ‘अल इन वान’ खाता

महालक्ष्मी बैंकको ‘अल इन वान’ खाता

नयाँ वर्ष २०८१ को अवसरमा महालक्ष्मी विकास बैंकले अल इन वान खाता सञ्चालनमा ल्याएको छ । बैंकले शेयर लगानीकर्तालाई लक्षित गर्दै सबै सुविधा एउटै खातामार्फत प्रदान गर्न महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

यसमा बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आश्वा तथा टिएमएस खाताको सुविधा एउटै खातामार्फत् लिन सक्छन् । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो शेयर तथा सि–आश्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।  

टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले गर्ने छ । यसबाट शेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने बैंकको विश्वास छ ।

‘सबल बैंक, सफल सहकार्य’ नारा आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखा कार्यालय छन् । 

त्यस्तै, बैंकले करिब सात लाख ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ । बैंकको गत पुस २८ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउने प्रस्ताव समेत पारित गरिसकेको छ ।

टिप्पणीहरू