केपी ओलीले खेल्ने फिल्मको धमाधम शुटिङ

केपी ओलीले खेल्ने फिल्मको धमाधम शुटिङ
सुन्नुहोस्

चलचित्र 'नमेटिने घाउ'को शुटिङ अन्तिम चरणमा पुगेको छ । रौतहट र वीरगन्जमा ८० प्रतिशत दृश्य खिचिएको चलचित्रको बाँकी शुटिङ अहिले काठमाडौँमा धमाधम भैरहेको छ । 

गत माघ दोस्रो साता एक भव्य कार्यक्रम आयोजना गरेर निर्माण पक्षले चलचित्रको औपचारिक घोषणा गरेको थियो । अभिनेता रमित ढुंगानाको निर्देशन रहेको चलचित्र 'नमेटिने घाउ' मा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको कथा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा पूर्वप्रधानमन्त्री एंव नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पनि अतिथि भूमिका रहने बताइएको छ । 

निर्देशक ढुंगानाले सामाजिक सञ्जालमा चलचित्र शुटिङका विभिन्न गतिविधि झल्काउने तस्वीरहरु शेयर गरिरहेका छन् । तर, ओलीको शुटिङबारे भने कुनै जानकारी गराइएको छैन । 

यस चलचित्रमा सञ्चिता लुइँटेल, सुरबिर पण्डित, आरती आचार्य, प्राप्ति पौडेल लगायतको मुख्य अभिनय छ ।
 

टिप्पणीहरू