'खजुरे ब्रो'को प्रेमिका को हुन् ?

'खजुरे ब्रो'को प्रेमिका को हुन् ?

चलचित्र 'खजुरे ब्रो'को टिजर सार्वजनिक भएको छ । आज बुढासुब्बा डिजटलमार्फत ट्रिजर सार्वजनिक गरिएको हो । 

टिजरमा साथी संगत र प्रेमलाई मनोरञ्जनात्क शैलीमा प्रस्तुत गरिएको छ । अभिनेत्री नीति शाहले रियर राई उर्फ खजुरेको प्रेमिकाको भूमिका निभाएको अनुमान गर्न सकिन्छ । एक मिनेट ३८ सेकेण्डको टिजरमा रेयर र नीतिको अलावा महेश त्रिपाठी, नविन मानन्धर लगायतजा कलाकार छाएका छन् । 

पूर्वी धरान र आसपासका क्षेत्रहरुमा सुटिङ गरिएको चलचित्रमा धरानका मेयर हर्क साम्पाङको समेत अतिथि भूमिका रहेको बताइएको छ । यद्यपि, टिजरमा भने साम्पाङको दृश्य भने प्रस्तुत गरिएको छैन । 

सुरज सुनुवारको निर्देशन रहेको यो चलचित्र आगामी बैशाख २८ गते बाट रिलिज हुँदैछ । आरआर फिल्मस्ले वितरण जिम्मा लिएको निर्माण टिमले जनाएको छ । 

शिशिर बिसंखेले खिचेको यो चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

टिप्पणीहरू