लालीगुराँसले ढकमक्क पदमार्ग (फोटोफिचर)

लालीगुराँसले ढकमक्क पदमार्ग (फोटोफिचर)
सुन्नुहोस्

जाडोयाम सकिएर वसन्त ऋतु शुरु भएसँगै म्याग्दीको घोडेपानीमा लालीगुराँस ढकमक्क फूलेको छ । समुन्द्री सतहबाट करिब तीन हजार २०० मीटरको उचाइमा रहेको घोडेपानी–पुनहिल चक्रिय अन्नपूर्ण पदमार्ग लालीगुराँस फूलले ढाकिएको छ । 

मुलुककै लोकप्रिय पदयात्रामध्ये एक पुनहिल पदयात्राका क्रममा देखिने लालीगुराँसले पर्यटकलाई लोभ्याउने गरेको छ । त्यहाँबाट हिमश्रृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन पनि गर्न सकिन्छ । त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा रहेको घोडेपानीको गुराँसको जंगल गण्डकी प्रदेशकै ठूलो मानिन्छ । 

नेपालमा पाइने ३२ मध्ये १६ प्रजातिका लालीगुराँस सो क्षेत्रमा पाइन्छ । घोडेपानीबाट ४० मीनेट हिँडेर पुगिने पुनहिलबाट धौलागिरी, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन पनि गर्न सकिन्छ । 

घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकलाई लक्षित गरेर डिभिजन वन कार्यालय, म्याग्दीले लालीगुराँस पार्कको निर्माणसमेत गरेको छ ।

 

टिप्पणीहरू