ब्लाइण्ड क्राइम
‘ब्लाइण्ड क्राइम इन्भेष्टिगेसन’ मा सफलता
भीडले गिजोलेन र राजनीतिक दबाब आएन भने सुराक नभेटिएको घटनामा पनि ढिलोचाँडो दोषीलाई कानुनी कठघरामा उभ्याउन सकिन्छ भन्ने उदाहरण मोरङ प्रहरी बनेको छ । १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा प्रहरीले दुई महिनापछि दोषीलाई पक्राउ गरेको छ । गत असोज २१ गते मोरङको लेटाङ नगरपालिका–२, बुधबारेमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याजस्तै घटना भयो । हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते अंशु गौतमको घरदेखि चार किमी दक्षिणको घना चारकोशे जंगलभित्र सडिसके…