नाम मात्र बदलेर के हुन्छ र कमरेड ?
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १२० वटा राजनीतिक दलले निवेदन दिएका छन् । तीमध्ये १०२ वटा एक्लाएक्लै भिड्ने भन्दैछन् । निवेदन दिएकामा मन्त्री कुलमान घिसिङदेखि बन्दुक बोकेको हातमा रातो गुलाब चुनाव चिह्न लिएका नेत्रविक्रम चन्द विप्लव र दलितजति जम्मै मेरो भन्ने खगेन्द्र सुनारसम्म छन् ।
प्रसंग पुनः कोट्याऊँ प्रचण्डकै । नेकपा (एस) का माधव नेपाललगायत केही वर्षअघि आफैँबाट छुट्टिएका पूर्वसंकृतिमन्त्री गोपाल किराती (साइँला) सम्मलाई एकोहोर्याएर नेकपा बनेको छ तर यसमा सैद्धान्तिक बहस भने भएको छैन । पार्टीको मूल सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने भन्ने छ ।
१७ हजार नागरिकको ज्यान जानेगरी भएको दश वर्षे सशस्त्र युद्धको मूल सिद्धान्त ‘माओवाद’ लाई चटक्कै लत्याएर हरेक निर्वाचनमा गिर्दै गएको शाख र व्यक्तिगत अस्तित्व रक्षाका लागि प्रचण्डले विवेकमा उभिने, सत्य बोल्ने र प्रश्न गर्ने मान्छेहरूलाई पाखा लगाउँदै ‘सुरक्षित संरचना’ बनाउने नाममा स्वतन्त्र र सिद्धान्तनिष्ठ कार्यकर्ताहरूलाई निरन्तर किनारातिर धकेल्दै लगेका छन् ।
दशकौँदेखि चल्दै आएको सिण्डिकेट संस्कार यथावत् नै छ । केही वर्ष सचिवालयमा छोरी गंगा दाहाललाई भर्ती गरेर प्रदीप अधिकारीहरुबाट बटुल्ने खेलमा प्रचण्ड तल्लिन भए । पार्टी संरचना बदलिँदै गए पनि, नाम नै फेरिए पनि मानसिकता, सोच, विचार, धारणा अनि व्यवहार नबदलिएसम्म अब प्रचण्डहरूबाट जनताले देशमा कुनै पनि परिवर्तनको आशा नगर्दा हुन्छ ।
यो प्रवृत्ति कांग्रेस, एमालेमा पटक पटक दोहोरिइरहेको छ । त्यसैले आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्ष्यित गर्दै बनेका गठबन्धनहरू विचार वा सिद्धान्तभन्दा पनि अस्तित्व सुरक्षित गर्ने रणनीति मात्र हो । जसको आफ्नो कुनै निश्चित निर्वाचन क्षेत्र छैन । फागुन २१ गते उनी कुन जिल्लाबाट उठ्ने हुन्, त्यसको यकिन अझै गर्न सकेका छैनन् ।
तत्कालीन माओवादी केन्द्र महाधिवेशनमा जाने निर्णय त पछिल्लो केन्द्रीय समिति बैठकबाट अनुमोदित भएकै थियो तर महाधिवेशनमा जानुअगावै प्रतिनिधिसभाको निर्वाचनले झ्याप्पै छोपेपछि रातारात एकता र एकीकरण भन्न थाले ।
प्रचण्ड–माधवहरूको नवगठित नेकपालाई यदि चीरकालसम्मका लागि स्वस्थ तरिकाले लैजाने हो भने प्रचण्डको सचिवालयमा माधव नेपालका मान्छेहरू र माधवकोमा प्रचण्डका मान्छेसहि नयाँ अदलीबदली गर्न जरुरी छ । नेकपाको सचिवालयमा कुनै पनि पारिवारिक सदस्यलाई ढिम्किन दिँनै हुँदैन । धेरैजसो कम्युनिष्टलाई परिवारवादले नै गाँजेको छ ।
टिप्पणीहरू