खगेन्द्रप्रसाद र रुद्रकली कतार प्रस्थान
नेपालले कतारलाई उपहारस्वरुप दिएको दुई हात्ती दोहा उडेका छन् । आज बिहान चितवनबाट भैरहवा ल्याइएका ६ वर्षीय खगेन्द्रप्रसाद र ७ वर्षीया रुद्रकली अपराह्न गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टबाट कतारका लागि उडेका छन् ।
एक पशु प्राविधिक तथा माउते पाचुखा थारु र बुद्धिलाल श्रेष्ठ पनि हात्तीसँगै कतार गएका छन् । उनीहरुले त्यहाँ केही दिन हात्तीको स्याहारसुसारसम्बन्धी काम सिकाएर फर्किने बताइएको छ ।
गत वर्ष बैशाख ११ गते कतारी राजा तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा तत्कालीन सरकारले एक जोडी हात्ती उपहार दिने वाचा गरेको थियो । सोहीअनुसार प्रक्रिया पुर्याएर आज खगेन्द्रप्रसाद र रुद्रकली कतार पठाइएको हो ।
टिप्पणीहरू