बुढानिलकण्ठमा बैठक बस्दै, मन्त्रीलाई पनि बोलाइयो

बुढानिलकण्ठमा बैठक बस्दै, मन्त्रीलाई पनि बोलाइयो

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक भोलि बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।  

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र मन्त्रीहरुको कार्य सम्पादनलाई लिएर पार्टीमा असन्तुष्टि चर्किएका बेला देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ । 

पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुले अपेक्षित नतिजा दिन नसकेको निष्कर्षसहित सात पूर्व पदाधिकारीहरुले अस्ति देउवालाई भेटाएर ध्यानाकर्षण गराएका थिए । 

भोलिको बैठकमा अनुशासन आयोगको कारबाहीबारे पनि छलफल हुने जनाइएको छ । चुनावमा अन्तर्घात गरेको भन्दै निर्वाचन सम्पन्न भएको ३ वर्षपछि इतर खेमाका नेतालाई छानीछानी कारवाहीको डण्डा बर्साइएपछि कांग्रेसमा किचलो बढेको छ । 

शेखर कोइरालाले कुनै हालतमा यसलाई नमान्ने सार्वजनिक रुपमै चेतावनी दिंदै आएका छन् ।

टिप्पणीहरू