हर्क साम्पाङले सरकारी पत्रमै ‘कुलङ्घार’ लेखेपछि...

हर्क साम्पाङले सरकारी पत्रमै ‘कुलङ्घार’ लेखेपछि...

शब्द र भाषाको आफ्नै सुन्दरता हुन्छ । कानुनी भाषा, सरकारी भाषा, रैथाने भाषाको प्रयोग कहाँ र कसरी गर्ने त्यसका सीमाहरु हुन्छन् । 

तर, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले भने सरकारी लेटरप्याडकै अपमान हुनेगरी अस्वभाविक शब्द प्रयोग गरेर संघीय सरकारलाई पत्र लेखेका छन् । सरकारी कामकाजमा प्रयोग हुने भाषाको त कत्लेआम भएकै छ, उनले अराजकताको पराकाष्ठा नाघेको देखिन्छ ।

उपमहानगरको जग्गा बिपी अस्पतालले लगेको र उक्त जग्गा फिर्ता गराइँ पाऊ भन्ने व्यहोराको पत्र छ । 

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाइएको पत्रमा उनले अराजक शैलीमा लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन, यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज, फिर्ता गरिदिनु होला । धन्यवाद ।’

मिडिया स्टन्टमा माहिर मानिने साम्पाङको यस हर्कतप्रति उनकै शुभचिन्तक रिसाएका छन् । साम्पाङको प्रशंसा गरेर नथाक्ने विशाल भेटवालले भनेका छन्, ‘मेयर सा'प, यो त अत्ति भयो । यस्तो हर्कतले तपाईको भएको लोकप्रियता पनि खरानी हुनसक्छ । काममा इमान्दार भएर मेहनत गरौँ, तर प्रणालीमाथि जथाभावि शब्द प्रयोग गरेर धावा नबोलौँ ।’

टिप्पणीहरू