मदन पुत्रीको यस्तरी दुखेको छ मन
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा रोक लगाउने नेकपा (एमाले) को निर्णयपछि पुत्री उषाकिरणले पार्टीलाई नैतिक समर्थन समेत गर्न नसक्ने अवस्थामा पुगेको बताएकी छन् । हिजो मध्यराती सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले भण्डारीलाई साधारण सदस्य समेत नराख्ने निर्णय गरेपछि छोरी उषाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
यद्यपि,भण्डारीलाई राजनीतिमा रोक्न पहिल्यैदेखि गरिएका आन्तरिक तिकडमबारे आफू जानकार नै रहेको उषाको भनाई छ । ‘तपाईहरु मध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ’, उनले भनेकी छन्, ‘यो निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ अच्चमित छैन, म खुशी छु कि यो खुला रूपमा बाहिर आयो।’
‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा (एमाले)लाई नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’,
मदन भण्डारी फाउन्डेशनको अध्यक्ष समेत रहेकी उषाले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रसंग औल्याउँदै आमा (विद्या)ले सिकाएको कुराबारे पनि जानकारी गराएकी छन् । ‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा (एमाले)लाई नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’, उनले अघि भनेकी छन्, ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरी पार्टीको समर्थनमा उभिनू, नैतिक समर्थन गर्नू,टाढा नजानू भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो, तर एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् ।’
फाउन्डेशनले मदन भण्डारीको हिरक जयन्ती मनाउन समिति गठन गर्दै गर्दा पनि एमाले नेतृत्वले असयोग गरेको समेत उषाले जानकारी गराएकी छन् । सहयोगको साटो उल्टै ‘फाउन्डेशनले पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र गरिरहेको छ’ भनेर गलत भाष्य सिर्जना गरिएकाे उनको भनाई छ ।
‘यसपालीको जन्मजयन्ती र हिरक जयन्ती कमिटी बनाउने प्रकृयालाई तेजबोध गर्न प्रयास गरे’, अर्को स्टाटसमा लेखेकी छन्, ‘एमालेको तर्फबाट नोटिसमा लिनेहरू भन्नुहुन्छ कि फाउन्डेशनलाई नेकपा एमाले र नेतृत्वलाई हानी पुर्याउन प्रयोग गरिएको छ जबकि माओवादी पार्टीसँग एकता गर्दा जबजलाई अलग राख्न उहाँहरु तयार हुनुभएको कुरा ईतिहासमा नोटिस भइसक्यो ।’
बाघको मुखमा पाठो बन्न किन सहमत भएको ? उषाको जिज्ञासा छ । अघि भनेकी छन्, ‘हृदयविदारक कुरा के हो भने यो नेतृत्वले नै फाउन्डेशन बनाएको हो र हामीलाई हस्तान्तरण गर्दा यसलाई राम्रोसँग जबजका अनुसार काम गर्न निर्देशन गरेको हो, अहिले चाहिँ हिरक जयन्तीमार्फत् जबज छलफललाई अझ बृहत् बनाउने भन्ने कुरामा पनि सशंकित !’
टिप्पणीहरू