जेलमा रहेका रवि सामाजिक सञ्जालमा ट्रोल

जेलमा रहेका रवि सामाजिक सञ्जालमा ट्रोल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जेल सजाय काटिरहेका छन् । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरअन्तर्गत पाँच वटा जिल्लामा मुद्दा खेपिरहेका उनी अहिले भैरहवा कारागारमा छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छोड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै गत चैत २२ गते उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, जेलमा रहेका लामिछाने अहिले सामाजिक सञ्जालमा ट्रोल बन्न पुगेका छन् ।

उनको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । लामिछानेले चुनावअघि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन फ्रि टिकट अभियान चलाउने घोषणा गरेका थिए । तर,चुनाव जितेपछि ‘टिकट काट्ने आउने, के को अभियान ?"भनेका उनी पुरानो अभिव्यक्तिका कारण एकाएक चर्चामा आएका हुन् ।

चुनावका बेला भोट माग्दै रविले भनेका थिए, ‘मेरो स्किम सुन्नुहोला,हामी सय दिनभित्र कम्तीमा शुरुवातमा सय जना युवालाई फ्रि टिकटमा यो देशमा रोजगारी दिनका लागि विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौं ।’

तर, चुनाव जितेपछि उनैले भनेका छन्, ‘नेपाल फर्किन अभियान चलाइरहनैपर्दैन । टिकट काट्ने,आउने के को अभियान ?बाहिर टिकट बन्द भएको छ र ? त्यो रट लगाइरहनुपर्दैन । स्वाभिमानको त्यति नै ख्याल, माया छ भने टिकट काट्ने आउने । अभियान कसैले चलाइरहनुपर्दैन । अनि त्यहाँ बसेर टुच्च टुच्च हानिरहने ?’

चुनावअघि एक र चुनावपछि अनेकौं रंग देखाएका उनलाई सामाजिक सञ्जालमा धेरैले छेपारोको संज्ञा दिएका छन् । सञ्जाल प्रयोगकर्ता भोविन्द्र बुढामगरले लेखेका छन्, ‘दुई जिब्रे मुला ठगिछाने ।’

क्विन्कल उत्तमले ‘३६००० पदको विज्ञापन युरोप,अमेरिकी गल्लीमा टाँसिएको छ’ भन्दै व्यंग्य कसेका छन् । त्यस्तै, देवेन्द्र सापकोटाले भनेका छन्, ‘फटाहा त हो नै । ठग पनि हो ।’ 

‘हेरौं रवि भन्नेहरुले रविको असलियत यहीँ हो,जनता कतिसम्म ठगेका छन् आखिर रवि रवि भन्नेहरु सुन यो भिडियो अनि देशैभरि रविमाथि राजनैतिक प्रतिशोध भयो भन्ने र हस्ताक्षर गर्नेहरु यो भिडियो हेर्नुस्,’ सञ्जाल प्रयोगकर्ता गौरव सिंहको भनाइ छ । 

बिनु चाम्लिङले लेखेकी छन्, ‘गफले देश बन्दै बन्दैन । नाटक पनि धेरै दिन चल्दैन । गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर हुन् जे भएपनि गफ चाँहि सुनिरहुँजस्तै लाग्छ । यही गफको भरमा पहिलो चुनावमा भोट पनि ठोकेकै हो । तर, अहिले चाँहि यो निष्कर्षमा पुगियो कि गफले देश बन्दै बन्दैन भनेर ।’

 

टिप्पणीहरू