ललितपुरमा रविको लागि दुई महिना
सहकारी काण्डमा अदालतको आदेशले जेल परेका सभापति रवि लामिछानेलाई छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश तथा विदेशमा हस्ताक्षर तथा सहयोग संकलन अभियान चलाइरहेको छ ।
न्यायिक प्रक्रियामा रहेको विषयलाई प्रभावित पार्न थालिएको अभियान आजदेखि ललितपुरमा पनि शुरु भएको छ । ललितपुर महानगरपालिका-१२ मंगलबजारस्थित हखा टोलसङ्गैको सडक छेउमा बिहान साढे १० बजेबाट हस्ताक्षर संकलन चलिरहेको छ ।
आज पहिलो दिन सो पार्टीको ललितपुर जिल्ला कमिटीका सभापति बुद्धरत्न महर्जनको नेतृत्वमा डेढ दर्जन उपस्थित थिए । हस्ताक्षर संकलन अभियान आगामी दुई महिनासम्म प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले पार्टी स्थापनाको तेस्रो वर्षको अवसर पारेर गत सातादेखि यो कार्यक्रम शुरु गरेको हो ।
टिप्पणीहरू