ईसीडी सुधारका लागि एकल प्रदर्शन
प्रारम्भिक बाल विकास (ईसीडी) लाई व्यवस्थित बनाउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले एकल प्रदर्शन शुरु गरेका छन् ।
‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ लेखिएको प्लेकार्ड बोकेर उनले आजदेखि राजधानीको माइतीघर मण्डलामा एकल प्रदर्शन थालेका हुन् । ईसीडी शिक्षा सुधारका लागि राखिएका पाँच बुँदे माग सम्बोधन नभएसम्म प्रदर्शन जारी राख्ने उनले बताएका छन् । उनका अनुसार हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शन गरिनेछ ।
‘माग सम्बोधन नभएसम्म प्रदर्शन जारी रहनेछ । पहिलो चरणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यहाँ उभिएर सरकारको ध्यानाकर्षण गराउँछु । त्यसपश्चात् पनि माग सम्बोधन भएन् भने थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौ’, उनले भने ।
टिप्पणीहरू