सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' सञ्चालन गर्ने

सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' सञ्चालन गर्ने

सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' सञ्चालन गर्ने भएको छ । 

महिलालाई आत्मनिर्भर बनाउन सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम समावेश गरेको हो । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, ‘महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ ।'

त्यस्तै, विकट र दुर्गम भूगोलमा सुत्केरी महिलाहरुको हवाइ उद्धार गर्न प्रत्येक प्रदेशमा सम्पर्क समितिले बनाइने सरकारको घोषणा छ । मानव विकास सूचांकमा पछाडि परेका वडाहरुमा विशेष कार्यक्रम सञ्चलान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

बढ्दो बलात्कार र महिला हिंसाको घटनालाई रोकथाम गर्न सचेताना कार्यक्रम चलाइने बताइएको छ ।

टिप्पणीहरू