सभामुखसँगको छलफलमा पनि काँग्रेसको अडान कायम
सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुबीचको छलफलमा पनि नेपाली काँग्रेसले आफ्नो अडान कायम राखेको छ । काँंग्रेसले राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संसद्मा अवरोध जारी राख्ने जानकारी दिएको छ ।
काँग्रेस सचेतक सुशीला थिङले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको साँझको बैठकमा विरोध जारी रहने बताएकी हुन् । उनको भनाई छ, ‘सहकारी ठगी प्रकरणमा छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिनुपर्ने अडान राखेका थिए । उनले भने ‘गृहमन्त्रीलाई शुक्रबार बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो तर बोल्न पाउनुभएको छैन । आजको बैठकमा उहाँले बोल्न पाउनुपर्छ ।’
छलफलमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुको आपसी विवादबाट संवैधानिक संकट ननिम्त्यिोस् भन्ने धारणा राख्नुभएको बताइन्छ ।
टिप्पणीहरू