एकीकृत समाजवादी सहकारी प्रकरणमा गृहमन्त्रीलाई छानबिन गर्नुपर्ने पक्षमा
सत्तारुढ नेकपा एकीकृत समाजवादी सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने पक्षमा उभिएको छ । उक्त पार्टीले रविमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्नुपर्ने धारणा बनाएको छ ।
पार्टीको आज बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सरकारले तत्काल समिति गठन गर्नुपर्ने निर्णय गरेको बताइन्छ । समिति गठन गरेर भएपनि संसद्को अवरोध अन्त्य गर्नुपर्ने उक्त पार्टीको धारणा छ ।
भोलि पनि बस्ने आजको बैठकमा पार्टीको आगामी दशौं महाधिवेशनमा पेस गरिने मस्यौदा राजनीतिक प्रतिवेदन, विधान र समसामयिक राजनीतिमाथि छलफल भएको थियो । महाधिवेशन आगामी असार १० देखि १६ गतेसम्म हुँदै छ ।
टिप्पणीहरू