सहकारी ठगी छानबिनमा यसकारण एमाले र माओवादी डराए : सांसद थापा
नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानिबिन समिति गठन भएमा नेकपा एमालेको संगठन सकिने दाबी गरेका छन् । त्यसैले रविमाथि छानबिन गर्ने विषयमा एमाले अवरोधको रुपमा देखापरेको उनको भनाई छ ।
रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित सञ्चार–संवाद कार्यक्रममा बोल्दै थापाले मुलुकभरका सहकारी संस्थामध्ये ९० प्रतिशत एमालेका नेता तथा कार्यकर्ताले सञ्चालन गरेको उल्लेख गरे । उनले भनेका छन्, ‘१० वटा सहकारीमध्ये ९ वटा एमालेद्वारा सञ्चालित छन् । केही माओवादीका होलान् । त्यसैले सहकारी छानबिन समिति गठन भएको दिनबाट एमाले–माओवादीको राजनीति समाप्त हुन्छ । सोही कारण रविलाई जोगाउन खोजिएको हो ।’
उनले सत्तारुढ एमाले, माओवादी र रास्वपालाई चेतावनी दिँदै काँग्रेस सडकमा ओर्लिएको दिनदेखि प्रचण्ड, ओली र रविको राजनीतिक जीवन अन्त्य हुने ठोकुवा पनि गरेका छन् । ‘काँग्रेस पार्टी न राणासँग डरायो, न राजासँग डरायो, काँग्रेसले अब कम्युनिस्ट उन्मूलनको राजनीति गर्नुपर्छ । काँग्रेसलाई मात्र दोषारोपण गरेर देश समृद्धितर्फ आगाडि बढ्ने छैन ।’
टिप्पणीहरू