रातो मच्छिन्द्रनाथको रथमा एक दर्जन गुठियार व्यस्त

रातो मच्छिन्द्रनाथको रथमा एक दर्जन गुठियार व्यस्त

रातो मच्छिन्द्रनाथको जात्रा नजिकिएसँगै रथ निर्माण कार्यले तीव्रता पाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा यही वैशाख २९ गतेबाट सुरु हुँदैछ । 

वैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रथ निर्माण कार्य धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार खटिएका छन् । 

ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा मुलुककै सबैभन्दा लामो जात्रा हो ।

टिप्पणीहरू