डा. आरजुको नयाँ दिल्लीमा अपरेसन, स्वास्थ्य अवस्था सुधारोन्मुख

डा. आरजुको नयाँ दिल्लीमा अपरेसन, स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाको थाइराइडको शल्यक्रिया गरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको बताइएको छ । 

आरजुका स्वकीय सचिव कमल रावलका अनुसार हाइपर पाराथाइराडिज्मको शल्यक्रिया हिजो सफलतापूर्वक सम्पन्न हो । उहाँको स्वास्थ्यमा क्रमशः सुधार आएको रावलले जानकारी दिएका छन् । 

यसअघि नयाँ दिल्ली पुगेर थाइराइडको नियमित चेकअप गरेको बताइएको छ । तर पछिल्लो पटक समस्या बढेकाले शल्यक्रिया गर्नुपरेको हो । 

डा. राणा चैत २ गते भिस्तारा एअरको उडान नम्बर युके १५६ मा नयाँ दिल्ली जानुभएको थियो । त्यसअघि फागुन १७ गते गएर २२ गते फर्कनुभएको थियो ।  उक्त दिन दिउँसो सत्ता गठबन्धन फेरिएर नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दलको भूमिकामा पुगेको थियो ।

टिप्पणीहरू