नौबिसे–मलेखु सडकखण्ड
पृथ्वीराजमार्गको नौविसे–मलेखु खण्ड राती बन्द हुने
धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि रातीमा बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नु पर्ने भएका कारण रातिमा सो खण्डमा सवारी आवागमन बन्द गर्न लागेको हो । असोज ४ गतेदेखि २० गतेसम्म राती ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । सोमबार बसेको सरोकारवालाहरुको बैठकले निर्…