आफ्नो सरकारको मूल्याङ्कन गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकार गठनपछिको कार्यसम्पादन मूल्याङ्कन र आगामी सुधारका एजेण्डामाथि छलफल गरेको छ । बिहान पौने १२ बजे थालेर झण्डै सवा ३ बजे सकिएको उक्त बैठकमा प्रधानमन्त्री कार्कीले ‘सरकारको पहिलो डेढ महिनाको कामकाज जनअपेक्षासँग कति मेल खायो, अबका सुधारका दिशा के हुने’ भन्ने विषयमा समीक्षा गर्न निर्देशन दिनुभएको बताइन्छ ।
छलफलमा सबै मन्त्रीको उपस्थिति थियो । त्यसैगरी, मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव रामेश्वर द…