काठमाडौं जिल्ला अदालतमा रविको हाजिरी आज होइन पर्सि
काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पर्सि मात्रै उपस्थित हुने भएका छन् । उनी भर्खरैमात्र पोखराबाट स्थलमार्ग हुँदै राजधानी आएकाले भोलि शनिबार सार्वजनिक बिदा परेकाले पर्सि हाजिर हुने जनाइएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा हुनुभएका लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आउन लाग्नुभएको हो । भोली शनिबार परेकाले उहाँ आइतबार मात्र अदालतमा उपस्थित हुन…