अझै पनि प्रचण्ड नै प्रधानमन्त्री ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार बिहान राष्ट्रपति भवन, शीतल निवासमा शपथग्रहण गर्नुभयो । लगत्तै पुष्पकमल दाहाल प्रचण्ड निवर्तमानको हैसियतमा पुग्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइटमा सोमबार फोटो र नाम फेरियो । बुधबार बिहानसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखे पनि जीवनी भने अघिल्ला प्रधानमन्त्री प्रचण्डकै यथावत थियो ।
‘कायममुकायम मुख्यसचिव गड्तौलाले प्रधानमन्त्रीको परिचय लेख्ने जिम्मेवारी सचिव …