बालेनको फौजलाई के हुने कारबाही ?
गृह मन्त्रालयले सुरक्षा निकायको पोशाक र दर्ज्यानी चिह्न नक्कल गर्नेलाई कारबाहीको निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्न लगाउनेलाई कारबाही गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय सुरक्षा निकायको पोशाक र दर्ज्यानी चिह्न नक्कल वा दुरुपयोग गर्ने क्रम बढ्दो छ । अहिले कतिपय स्थानीय तहले नै मुलुकको प्रमुख सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक र दर्ज्यानी चिह्नको नक्क…