हर्क साम्पाङ

राजाका बाउ आएपनि गणतन्त्र नजाने हर्क साम्पाङको ठहर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले गणतन्त्रको समर्थनमा सञ्चालन गरेको आन्दोलनको चर्को विरोध गरेका छन् । धरानका एमाले नेता तथा कार्यकर्ताले निकालेको मोटरसाइकल र्‍यालीप्रति खिसिट्युरी गर्दै उनले आफूले सोचेजस्तो काम गरे मात्रै गणतन्त्र बच्ने जनाउँदै सामाजिक सञ्जाल रंगाएका हुन् । एमाले नेता तथा कार्यकर्तालाई उनले गुइँठेको संज्ञा दिएका छन् । मोटरसाइकल र्याली निकाल्दा पेट्रोलको मात्रै सत्यानाश हुने बताउँदै लेखेका छन् ,‘ ए गुइठे हो । बेकारमा पेट्रोल सकाएर गण…