प्रहरी हिरासत

राजधानीकै प्रहरी हिरासतबाट मध्यराती थुनुवा बेपत्ता

नेपाल प्रहरीको हिरासतमा रहेका एक जना थुनुवा गए राति भागेका छन् । राजधानीको कालिमाटी वृत्तमा राखिएका २९ वर्षे थुुनुवा प्रहरीको सुरक्षा तोडेर बेपत्ता भएका हुन् । थुनुवा सञ्जिव राई हिरासतबाट भागेको सम्बन्धमा प्रहरीले आधिकारिक जानकारी दिएको छैन । उनी राति १ बजे बेपत्ता भएको बुझिएको छ ।