छिमेकमा युद्धविराम, नेपालका सीमा कमाण्डर इधर उधर
सशस्त्र प्रहरी बलले भारत र पाकिस्तानबीच आक्रमण प्रत्याक्रमण शुरु नहुँदै भारतसँगको सीमामा सुरक्षा बललाई सशक्त बनाएको जानकारी दिएको थियो । लामो समयदेखि सीमा विभाग हेर्ने अतिरिक्त महानिरीक्षक (एआइजी) रिक्त रहेको अवस्थामा छिमेकमा तनाव बढ्यो ।
एआइजी सिपी गौतम घर गएपछि उनको भूमिका निर्वाह गर्न सोही विभागका डिआइजी कमल गिरीलाई निमित्तको जिम्मेवारी दिइयो । उनै डिआइजी पनि लामो समयदेखि बढुवाको चक्करमा बिदा बसेर हिजोदेखि कार्यालयमा हाजिर भएको बुझिएको छ । जबकि भारत र पाकिस्तानब…