एमालेको सिको गर्दै कांग्रेसले पनि शुरु गर्यो संसद पुनस्र्थापनाको ‘हस्ताक्षर क्याम्पेन’
प्रतिनिधिसभा ब्युँताउन नेकपा एमालेका निवर्तमान सांसदहरूले हस्ताक्षर संकलन जारी राखेका बेला नेपाली कांग्रेसका निवर्तमान सांसदहरुले पनि अभियान शुरु गरेका छन् ।
एमालेले कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु गरेको थियो । संसद् पुनस्र्थापनाको पक्षमा दबाब सिर्जना गर्न नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि आइतबारबाट हस्ताक्षर अभियान थालेका छन् । काँग्रेसमा हस्ताक्षर क्याम्पेनिङको नेतृत्व विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यस…