राजन अधिकारी
यस्तो गल्ती किन गरेको एआइजी साहेब ?
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ्ग यही कात्तिक २७ गतेदेखि अवकाशमा जाँदैछन् । उनी घर जाने दिन नजिकिएसँगै नयाँ आइजिपीको चर्चा शुरु भएको छ । आइजिपी बन्ने सूचीको पहिलो नम्बरमा छन्,दानबहादुर कार्की । त्यसपछि क्रमशः डा.मनोज केसी,राजन अधिकारी र सिद्धिविक्रम शाह रहेका छन् । आइजिपी बन्ने दौडमा रहेका एकाध अधिकृतको विवादास्पद बिगतले प्रहरी संगठनको छविमै दाग लाग्ने जोखिम बढेको छ । तिनैमध्ये एक हुन्,एआइजी अधिकारी । उनी हाल प्रहरी प्रधान कार्यालयको मानव स्…