जम्मु-कश्मिर

पाकिस्तानी आक्रमणमा हाकिम थापाको प्राणान्त

जम्मु-कश्मिरमा भएको हवाई आक्रमणमा रजौरी जिल्ला विकास कार्यालयका उपप्रमुख राजकुमार थापा मारिएका छन् ।  पाकिस्तानी गोलाबारीमा उनीसहित तीन जनाले ज्यान गुमाएको अधिकारीहरुलाई उद्धृत् गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुख्यमन्त्री उमर अब्दुल्लाले एक्समार्फत उपयुक्त थापाको मृत्यु भएको जानकारी दिए ।  रजौरीस्थित निवासमा रहेका थापा र उनका दुई कर्मचारी पाकिस्तानी ड्रोन आक्रमणमा परेको र तत्कालै स्थानीय सरकारी मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जन…