सुनिता बराल, महेश बर्तौला

एक अर्कालाई खुइल्याउँदै दुई माननीय कमरेड

सरकारबाट स्वीकृति नलिईकन जापान पुगेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा मुछिएपछि नेकपा एमालेले आफ्ना सांसदलाई विदेश भ्रमणमा कडाइ गरेको छ । एमालेको हरेक संसदीय दल बैठकमा भन्ने गरिन्छ,‘विदेश भ्रमणमा वा विदेशमा हुन लागेको कुनै कार्यक्रममा जानुपर्यो भने अनिवार्य प्रमुख सचेतकबाट स्वीकृति लिनु । अध्यक्ष केपी शर्मा ओलीलाई पनि जानकारी गराउनु । जानकारी नगराईकन गएमा कठोर कारबाही हुनेछ ।’ कार्यक्रम कसले आयोजना…