कृष्ण राई

अर्का नेतामाथि पनि एमालेमा कारवाहीको आशंका

एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष लिनेहरू अध्यक्ष केपी शर्मा ओलीको ‘कर्के नजर’ मा परेको चर्चा भैरहँदा एक नेतामाथि कारवाहीको डण्डा बर्सिनै लागेको छ । पूर्वराष्ट्रपतिलाई ‘गल लगाएर’ पार्टीमा फर्काउने प्रयास स्वीकार्य नहुने अध्यक्षको चेतावनीका बाबजुद कृष्ण राईलाई ‘भीम रावल’ बनाउन लागिएको बुझिएको छ ।  एमाले काठमाडौँका पूर्वइञ्चार्ज तथा सांसद राईले हालै एक सञ्चार माध्यममा पूर्वराष्ट्रपति भण्डारी पार्टी अध्यक्ष हुनसक्ने आशयको अभि…