मतगणना

११२ मतले विजयी नहुँदै सञ्चारमन्त्री सुटुक्क शीतल निवासमा

मतगणनामा झिनो मतान्तरले पछाडि पर्दै आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्ततः ११२ मत ल्याएर विजयी हुनुभएको छ । सुनसरी-४ मा उहाँले पटक पटक पुनः मतदानको माग राख्दै आउनुभएको थियो । सोही कारण मतगणना कार्य अवरुध्द भएको थियो ।  तर आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कार्कीले नेकपा (एमाले)का जगदिशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गर्नुभएको छ । जसअनुसार उहाँले ३० हजार ४८३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कुसियैतले ३० हजार ३७१ मत प…