के हुन्थ्यो सुभाष नबितेको र विद्या खुलेको भए...
एमालेभित्र हुर्किंदै गएको एउटा ‘दुःख’ छ, नयाँखाले गुटबन्दीको । तिनै ‘दुःख’ भित्र पनि अनेकन ‘उपकथा’ गाँसिँदै छन् ।
अध्यक्ष केपी ओलीको चाहनामुताविक बागमतीपछि कोशी प्रदेशले मात्रै अध्यक्ष पायो । त्यो पनि अर्को पक्ष कमजोर नै भएर हैन, केही प्राविधिक उल्झन मिलाउन नसक्दा । त्यसमध्ये कोशी प्रदेशका बलिया दावेदार मानिने विनोद ढकालको पराजयसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङको देहान्तको दुःखद् साइनो छ । त्यसो त सिंगो एमालेभित्र विकास भइरह…