वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विशेष अभिमुखीकरण तालिम
वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकलाई प्रदान गरिने अभिमुखीकरण तालिम अब देशगत रुपमा दिइने भएको छ । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरुलाई देशगत रुपमा तालिम सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले आउँदो माघ १ गतेदेखि अभिमुखीकरण तालिमलाई देशगत समूह कलस्टरअनुसार सञ्चालन गर्न भनेको छ । ‘विभागसमक्ष आवेदन पेश भई देशगत रुपमा कलस्टर छनौट भइसकेका सूचीकृत संस्थाहरुले तोकिएको कलस्टरबमोजिम हुने गरी २०८१–१०–०१ गतेबाट तालिम सञ्चालनको प्रबन्ध मिला…