४० वर्षदेखि हुँदै आएको गण्डकी परिक्रमा यो वर्ष पनि

४० वर्षदेखि हुँदै आएको गण्डकी परिक्रमा यो वर्ष पनि

तनहुँमा ४० वर्षपछि देवघाटधाम गण्डकी परिक्रमा गरिएको छ । देवघाटधामको धार्मिक एवम् भौतिक विकासलाई सम्वद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले देवघाट परिक्रमा गरिएको हो ।

संसारकै विशेष र दुर्गम धार्मिक तीर्थ समेत मानिने देवघाटधाम गण्डकी परिक्रमामा साधनारत सन्तमहात्माको अगुवाइ रहेको बताइएको छ ।

देवघाटधाम गण्डकी परिक्रमा वि.सं २०३८ देखि शुरु गरिएको थियो । त्यसैलाई निरन्तरता दिँदै जीवनधन्य बनाउने उद्देश्यसहित यो वर्ष पनि परिक्रमा गरिएको बताइन्छ ।

उक्त कार्यक्रमअन्तर्गत तनहुँतर्फ देवघाटको वेणीसंगम, गलेश्वर आश्रम सिद्धेश्वर महादेवको मन्दिर, चक्रवर्ती आश्रम, मणिमुकुन्देश्वर मन्दिर, महेश सन्यास आश्रम, विद्येश्वर महादेव मन्दिर, हरिहर सन्यास आश्रम, हरिहर मन्दिर, देवघाट पुलको मुखको गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर, देवपुर साँढेबगर बौद्धगुम्बा, भुवराह मन्दिर, मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको परिक्रमा गरिएको छ ।

चितवनतर्फ देवघाट बसपार्कको संकल्पेश्वर महादेव मन्दिर, देछेन थर्वालिङ बौद्ध गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सीताराम संस्कृत मावि, योगी नरहरिनाथ आश्रम, गौशाला बागेश्वरी मन्दिर, आँपटारी दियालो बंगला चोक, पोखरा बसपार्कको गौरेश्वर शिव मन्दिर, नारायणगढ ९ को हरिहर मन्दिर, नारायणगढ पुलचोकको दुर्गा मन्दिरको परिक्रमा गरिएको छ ।

टिप्पणीहरू