जेनजीले उछित्तो काढ्न थाले प्रधानमन्त्रीको
जेन जी अभियन्ताले प्रधानमन्त्री सुशीला कार्कीको फोटो राखेर अनेक खालको डिजिटल पोष्टर बनाएका छन् । ‘गरिखान देउ’ समूूहका प्रकाश शर्माले प्रधानमन्त्री कार्कीलाई राजीनामा दिन पनि सुझाएका छन् ।
उनले आफूहरुको माग पूरा गर्न नसके राजीनामा दिन आग्रह गर्दै लेखेका छन्, ‘हाम्रो माग पुरा गर्न सक्नु हुन्न भने राजीनामा दिनुस् ।’ त्यस्तै प्रधानमन्त्रीमाथि जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लगाइएको छ । उनले ‘आन्दोलन हाइ ज्याक गर्न पाईंदैन,आमै तिम्रो सरकार चाहिँदैन,’ लेखेका छन् ।
हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको गीतको भाकामा शर्माले प्रधानमन्त्रीलाई बाठीको संज्ञा दिए । अर्को डिजिटल पोष्टरमा ‘हाम्री आमा साह्रै नै बाठी छन्,रगतसङ कुर्सी पो साटी छन् ।’ उनले बनाएको पछिल्लो पोष्टरमा ‘रगतमा खेल्न पाईंदैन,निकम्मा सरकार चाहिँदैन’ समेत लेखिएको छ ।
(यो समाचारमा यसअघि प्रकाश शर्माको सट्टा अर्कै नाम पर्न गएकाले सच्चाइएको छ । सम्पादक)
टिप्पणीहरू