एअरलाइन्सका कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य : प्रधानमन्त्री कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य कार्यान्वयन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको छ ।
प्रधानमन्त्री कार्यालयअन्तर्गत सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले पोशाक र परिचयपत्र अनिवार्य गर्न लागि आज मन्त्रालयलाई पत्र पठाएको हो । विशाल उपाध्यायले पोशाक र परिचयपत्रको अनिवार्य कार्यान्वयन गर्न माग गर्दै मुख्यसचिव एकनारायण अर्याललाई सम्बोधन गरेर कार्यालयमा निवेदन दर्ता गरेका थिए । सोही निवेदनउपर कारबाही गर्दै कार्यालयले मन्त्रालयलाई पत्राचार गरेको हो ।
‘विशाल उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्स तथा सम्बन्धित कर्मचारीका लागि अनिवार्य एअरलाइन्सको पोशाक र परिचयपत्र प्रणाली कार्यान्वयनका सम्बन्धमा श्रीमान मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएको निवेदन त्यहाँ मन्त्रालयसँग सम्बन्धित देखिएकोले आवश्यक कायार्थ यसै पत्रसाथ संलग्न गरी पठाइएको...’,पत्रमा उल्लेख छ ।
टिप्पणीहरू