प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको निम्ति दल दर्ता आह्वान

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको निम्ति दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी निर्वाचनको लागि दल दर्ताको आह्वान गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले छुट्टाछुट्टै सूचना जारी गर्दै दल दर्ता खुलाएको हो । 

आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनको लागि दलहरुले मंसिर १ गतेदेखि ७ गतेसम्म दर्ताको लागि निवेदन दिनुपर्नेछ, भने प्रतिनिधिसभा निर्वाचनको लागि १० गतेसम्मको समयसीमा तोकिएको छ । 

दर्ताको लागि दलहरुलाई पार्टीको विधान, नियमावली तथा घोषणा पत्र, पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन लगायतका कागजात अनिर्वाय पेश गर्न भनिएको छ ।

त्यस्तै दल दर्ता गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पुरा गर्नुपर्ने पनि सूचनामा उल्लेख छ ।

टिप्पणीहरू