दशकअघि नै बितेका मालिकको पर्खाइमा काली
कुकुर सबैभन्दा इमान्दार र बफादार प्राणीमा गनिन्छ । भनिन्छ,कुकुरले जस्तो साँचो प्रेम अरु कुनै प्राणीले गर्न सक्दैन । र, त्यो कुरा काली नामक कुकुरले पुष्टि गरेको छ । एक दशकदेखि नै बितेका स्वर्गीय मालिकको पर्खाइमा अल्का अस्पतालको ढोकाबाहिर कालीलाई देख्न सकिन्छ ।
मालिक फर्किने र आफूलाई सँगै घर लैजाने आशमा रहेकी कालीलाई मालिक बितिसकेको थाहा छैन । दिनरात काली त्यही क्याबिनको ढोकाबाहिर मालिकको पर्खाइमा बसिरहन्छ । मालिकको पर्खाइमा कालीले यसरी नै १० वर्ष अस्पतालमै बिताइसकी ।
मालिकको उपचारको क्रममा निधन भयो,जुन कुरा कालीले थाहा पाइन । त्यसपछि त्यो कुकुर अस्पतालमै आफ्नो मालिक कुरेर बसेकी छ । घरका अन्य सदस्यले आएर लैजाने प्रयास गर्दा पनि जान मान्दिन ।
२०७२ सालको भूकम्पताका उनको मालिकलाई अस्पताल भर्ना गरियो । ती मालिकको उपचारको क्रममा निधन भयो,जुन कुरा कालीले थाहा पाइन । त्यसपछि त्यो कुकुर अस्पतालमै आफ्नो मालिक कुरेर बसेकी छ । घरका अन्य सदस्यले आएर लैजाने प्रयास गर्दा पनि जान मान्दिन ।
हाल सो कुकुरको सर्वत्र प्रशंसा भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता रचना खड्काले मान्छेले बिर्सिए पनि कुकुरले नबिर्सिने बताएकी छिन् । उनले लेखेकी छन्,‘घरका मान्छेले बिर्सिसके होलान् विचरा कुकुरलाई अझै मालिक फर्किने आश छ ।’
टेन्कुम राईले कुकुरले जस्तो साँचो माया मान्छेले गर्न नसक्ने बताएका छन् । ‘कदर गर्न सिक साँचो माया गर्न मान्छे बारम्बार आउँदैन’,उनको भनाइ छ । स्वार्थी मानिस पाल्नुभन्दा जनावर पाल्नु उत्तम हुने अर्याल सन्ध्याको जिकिर छ ।
लेख्छिन्,‘त्यही भएर स्वार्थी पापी मानिसहरुलाई पाल्नुभन्दा जनावर पाल्नु धेरै उत्तम हुन्छ ।’
टिप्पणीहरू