नेपाल एयरलाइन्समा हाकिम नियुक्त्तिको तयारी
नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त खुलेको छ ।
छनौट समितिले आज सूचना निकालेर आवेदन आह्वान गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दरखास्त पेश गर्न भनिएको छ ।
उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी नागरिक उड्डयन, पर्यटन, व्यवस्थापन, अर्थशास्त्रसम्बन्धी क्षेत्रमा कम्तीमा दश वर्ष उच्चस्तरको व्यवस्थापकीय अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र विदेशी मुलुकको नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र नलिएको हुनुपर्नेछ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा प्राप्त हुने जानकारी दिइएको छ ।
टिप्पणीहरू